सप्तरंगी एफएमले राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चार संस्थाहरूसँगको सम्पर्क र समन्वयलाई निरन्तरता दिँदै आएको छ। यस एफएमले काठमाण्डौका प्रमुख सञ्चार संस्थासँग सहकार्य गर्दै पूर्वाञ्चलका स्रोतालाई सूचना र मनोरञ्जनको एक सशक्त स्रोत प्रदान गर्दै आएको छ। यहाँ प्रस्तुत गरिएका कार्यक्रमहरूले स्थानीय र राष्ट्रिय दृष्यलाई जोड्ने काम गर्दैछन्, जसले श्रोताहरूलाई समसामयिक समाचार र पप संगीतको अनुभव प्रदान गर्दछ।